Admission Open

ad place

नयाँ वर्षको अवसर पारेर मिलन नेवार र प्रकाशले ल्याए ‘यूके लण्डन’मा

[ हेर्नुहोस् भिडियो  ]

काठमाडौँ : गायिका मिलन नेवार र गायक प्रकाश सिङको स्वर रहेको ‘यूके लण्डनमा’  बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मकाउमा रहेका गायक  सिङले नयाँ वर्षको अवसर पारेर बजारमा ल्याएको गीतका शब्द शृजना राजु आर डीका हुन् ।

गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा चर्चित मोडल गीता ढुंगाना र अभिषेक श्रेष्ठको अभिनय रहेको छ । पहिलो भेटमा नजर जुधाएर ख्याल ठट्टामा नै प्रेममा परेको कुरालाई पछिल्लो समयका व्यस्त अनि  चर्चित निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ । गायक सिङले यसअघि नै आधा दर्जन भिडियोहरु बजारमा ल्याईसकेका छन् । जसमध्ये गायक सिङले केही समय अगाडी निता ढुंगनासँग अभिनय गरेको  भिडियो मेरो सारङ्गीले चर्चा पाएको थियो ।

अमेरिकामा रहेका महेश जोशी, मकाउमा रहेका अ्मर लिङ्देन, अडियो नेपालका बुद्ध सयमी र काठमडौँका सन्तोष बिश्वोकर्माको हयोगमा भिडियो निर्माण भएको गायक सिङले बताए । 

टिप्पणिहरु
Loading...