काठमाडौँ : नयनराज पाण्डेको प्रसिद्ध उपन्यास ‘उलार’ नाटकको रूपमा मञ्चन गरिने भएको छ। कौशी थियटर, टेकूमा ८ वैशाखदेखि ‘उलार’ (नाटक) मञ्चन हुन लागेको हो।
उपन्यासको नाट्य रूपान्तरण तथा निर्देशन चे. शंकरले गर्न लागेका हुन्। पाण्डेले २०५२ मा लेखेको उक्त उपन्यास पहिलोपटक २०५५ सालमा पुस्तकका रूपमा प्रकाशित भएको थियो। करीब २६ वर्ष पहिले लेखिएको यो उपन्यासमा नेपालगञ्जको टाँगाचालकमाथि लेखिएको छ।
उपन्यासले नेपाली समाजको मनोविज्ञान, राजनीति र सामान्य मान्छेलाई एक राजनीतिकर्मीले गर्ने प्रयोगलाई देखाएको छ।
तराईतिर टाँगाको पछाडितिर मात्र बोझ एकत्रित भएर सन्तुलन बिग्रिने प्रक्रियालाई उलार भनिन्छ।