काठमाडौं : साथीमार्टले आक्रामक रुपमा आउटलेट विस्तार गरेको छ । २०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर व्यावसायिक सुरुवात गरेको कम्पनीले छिट्टै १००औं आउटलेट खोल्ने तयारी गरेको छ । १००औं आउटलेट वैशाख दोस्रो साताभित्र काठमाडौंको सानेपामा सञ्चालनमा आउने प्रमुख कार्यकारी अधिकृत सागर पोखरेलले जानकारी दिए ।
‘१००औं आउटलेट केही हप्तामा शुभारम्भ गरेर रिटेल सुपरमार्केटको क्षेत्रमा नयाँ इतिहास रच्दैछौं,’ पोखरेलले भने, ‘यो यात्रा त्यती सजिलो पक्कै थिएन, हामीलाई यहाँसम्म पुग्नलाई साथ दिने सम्पूर्णप्रति हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथको आशा गरेका छौं ।’