काठमाडौँ : गायक कमल खत्रीको स्वर रहेको ‘घर सम्हाल’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतको भिडिओमा जीवन भण्डारी, प्रनिमा दाहाल र कमल देवकोटाको अभिनय रहेको छ।
गरिबीका कारण घर छोडेर कमाउन हिड्नुपरेको कथा गीतमा देखाइएको छ। ‘समय बदलियो तर परिस्थिती उहि छ’ भन्ने भावको यस गीतका शब्द कोमल प्याकुरेलले लेखेका हुन । त्यसैगरी उक्त गीतमा जीवन भण्डारीको संगीत रहेको छ।