काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ३५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ८८१ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा १ हजार ३८७ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा अवधिमा २ सय ६६ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा ८३ हजार २५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल २ हजार २१९ जना सक्रिय सङ्क्रमित छन् ।