काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिदै यस बैंकको दरवारमार्ग शाखाले नक्साल, काठमाडांै स्थित श्री नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामग्री तथा पानी ट्याङ्कीका लागी ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सहयोग रकम प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले यस बैंकले विद्यालयलाई विगतमा पनि बास्केटबल कोर्ट तथा टेबल टेनिस कोर्ट तयार गर्न सहयोग गरेको जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरिन् । यस बैंकको कर्पोरेट कम्युनिकेशन विभागका प्रमुख अमित कुमार झाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा तथा खेलकुद अपरिहार्य रहेको बताउदै यस सहयोगले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card, Dollar card जारी गरीसकेको छ ।