Admission Open

ad place

‘ए’ डिभिजन लिग फुटबल : आज जावलाखेल युथ क्लब र संकटा तथा ब्रिगेड ब्वाइज र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । दिउँसो १ बजे हुने एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला तथा अर्को खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा गर्नेछन् । १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको जावलाखेल संकटालाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

१२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको संकटा पनि जितका साथ लिग सकाउने सोचमा छ । यस्तै, एन्फा कम्प्लेक्समा ब्रिगेड ब्वाइजले थ्रीस्टार क्लबको सामना गर्नेछ ।

१२ खेलमा ७ अंक जोडेर १३ औं स्थानमा रहेको ब्रिगेड रेलिगेसनमा परिसकेको छ । थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा छ । दुवै टोली जितका साथ सिजनको अन्त्य गर्न चाहन्छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...