काठमाण्डौं : लोकप्रिय गायक राजु सापकोटा र गायिका रजनी लामाको आवाजमा रहेको लोक दोहोरी गीत ‘ हितको माया ‘ सार्वजनिक भएको छ । रजनी लामाको प्रस्तुतिमा रहेको सो गीतमा आफ्नो मायालु भेटेपछि खुसीको सिमा नरहने रोमान्टिक कथा प्रस्तुत गरिएको छ ।
राजु सापकोटा र रिना थापा मगरको मुख्य अभिनय रहेको छ । गीतमा शब्द र संगीत पनि स्वयम् राजु सापकोटाले नै गरेका हुन । बिक्रम चौहानको निर्देशनमा रहेको उक्त भिडियोमा प्रकाश खडकाको छाँयाकन तथा लक्ष्मण चौहानको सम्पादन रहेको छ । उक्त गीतलाई मिलन फिल्मस प्रालिद्वारा बजार ब्यबस्थापन गरिएको छ ।
गीतको पुरा भिडियो हेर्नूहोस :