काठमाडाैं : वरिष्ठ कलाकार/लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाकाे आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएकाे छ । उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् । पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन्।
उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए। पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए।