Admission Open

ad place

बेगनासमा खुल्यो, होटल ग्रिन लेक एण्ड रेष्टुरेन्ट

लेखनाथ : पोखरा–३१ बेगनास तालमा होटल ग्रिन लेक एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । होटलको बुधबार प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गरेका छन् ।

कैलाश राना र मीन नेपालीको लगानीमा होटल सञ्चालनमा आएको हो । होटलमा १० वटा रुम छन् ।

लेखनाथमा पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी बढिरहेको लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले बताए । उनले भने, ‘युवाहरुको लगानीमा होटल सञ्चालनमा आउनु राम्रो पक्ष हो ’ ।

लेखनाथ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याएको बताइएको छ । माछाका परिकारसहित पाहुनाको अर्डर अनुसार खाना तथा खाजाका परिकार रेष्टुरेन्टमा उपलब्ध हुने सञ्चालकद्वयले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...