Admission Open

ad place

पिएसजी र रियलको खेलमा मेसी पेनाल्टीमा चुके, एम्बाप्पेले गरे निर्णायक गोल

खेलको ६२औं मिनेटमा मेसी पेनाल्टीमा चुक्दा पिएसजीले अग्रता लिन मौका गुमाएको थियो।

काठमाडौँ,फागुण : युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १–० ले हराउँदै अग्रता लिएको हो।

एम्बाप्पेले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेयमारले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

त्यसअघि खेलको ६२औं मिनेटमा मेसी पेनाल्टीमा चुक्दा पिएसजीले अग्रता लिन मौका गुमाएको थियो।  ड्यानी कार्भाजलले पेनाल्टी बक्समा एम्बाप्पेलाई फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी दिएका थिए। तर, मेस्सीको पेनाल्टीलाई गोलकिपर कोर्टुवाले बचाएका थिए।

यी दुई टोलीबीच दोस्रो लिगको खेल मार्च ९ मा रियलको मैदानमा हुनेछ ।

फ्रान्सेली स्टार एम्बाप्पेले आफ्नो पीएसजी सम्झौताको अन्तिम छ महिनामा छन् र रिपोर्टहरू अनुसार, सिजनको अन्त्यमा म्याड्रिडमा जाने सम्भावना छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...