Admission Open

ad place

प्रणय दिवसमा अनाथ बालबालिकालाई मिसेस नेपाल उर्मिलाको सहयोग  

काठमाडौ, ३ फागुन : ‘मिसेस नेपाल ग्लाम–२०२१’ बिजेता उर्मिला कार्कीले यसपटकको प्रणय दिवस तथा आफ्नो जन्म दिन अनाथ बालबालिकाको सेवा गरेर विताएकी छिन् । काठमाडौंको मुलपानी फुयाँल गाउँमा रहेको ‘स्नेह बाल आश्रम’मा उनले प्रणय दिवस तथा जन्म दिन मनाएकी हुन् । हास्य कलाकार सुलेमान शँकर ‘इकु’ले सञ्चालन गरेको सो आश्रममा आश्रित १४ जना बालबालिकालाई उर्मिलाले खाना खुवाईन् ।

बिगतमा साथीहरुलाई पार्टी दिएर जन्मदिन मनाउने उर्मिलाले अबका दिनमा सामाजिक कार्य गर्दै जन्मदिन मनाउने बताएकी छिन् । आफ्नो जन्म दिनको अबसरमा उनले सो आश्रमका दुई जना बालबालिकालाई कक्षा १० सम्मका लागि खर्च व्यहोरेल पढाउने गरी अध्ययन खर्चको जिम्मा लिएकी छिन् ।

यो उपाधि जित्दा आफुले सामाजिक कार्य गर्ने प्रतिबद्धता जनाएकाले सो कार्यलाई अघि बढाएको उर्मिलाले बताईन्,‘यहाँ आश्रित १४ जनाबालबालिकालाई सुलेमानले आफ्नै खर्चले पढाउनु भएको रहेछ । उहाँलाई केही सजिलो होस भनेर दुई जना बालबालिकालाई पढाउनको लागि आबस्यक खर्च मैले सहयोग गर्ने भएको छु ।’ उनले सो क्रममा भनिन्,‘अब मेरो साथीहरुलाई विभिन्न शुभकामको खुसी यहाँका बालबालिकासँग साट्नको र उनीहरुलाई सहयोग गर्न पनि आजैबाट अपिल गर्नेछु ।’

प्रणय दिवस तथा जन्म उत्सबमा साथीहरुसँग खाएर रमाईलो गर्दा ठुलै पैसा खर्च हुनेहुँदा सो पैसाले सामाजिक कार्य गर्नु राम्रो हो भन्ने उदेश्यले आफु सो बालआश्रम पुगेको उनले बताईन् । आफुहरुले यो पटकको प्रणय दिवस बालिबालिकासँग रमाईलो गरेर मनाउँदा साह्रै खुसी लागेको पनि उर्मिलाले बताईन् । बालबालिकासँग जन्म दिन तथा प्रणय दिवस मनाउँदै गर्दा उर्मिलाले त्यहाँका अरु बालबालिकालाई पनि पढ्न सहयोग मिलोस भनेर सुलेमानलाई केही रकम पनि प्रदान गरिन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...