Admission Open

ad place

आयरल्यान्डद्वारा नेपाल पराजित

जित सँगै आयरल्यान्डले टी-२० सिरिज जितेको छ।

काठमाडौँ,फागुणः ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई १६ रनले पराजित गरेको छ ।

जित सँगै आयरल्यान्डले टी-२० सिरिज जितेको छ।

ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १११ रन मात्र जोड्न सक्यो।

नेपालका ओपनरद्वय कुशल भुर्तेल १५ रन र आसिफ शेख २३ रनमा आउट भए। लोकेश बम ६ रन,  ज्ञानेन्द्र मल्ल ५ रन र शरद भेषवाकर १ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो।

यस्तै कुशल मल्ल ९ रन, कमलसिंह ऐरी १३ रन र सन्दीप लामिछाने १ रनमा आउट भए।

आयरल्यान्डका लागि जर्ज डोकरेलले सर्वाधिक २८ रनको योगदान दिएका थिए । त्यसैगरी कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी माइकब्राइनले ११ रन, ग्यारेथ डिलानीले ९, पल स्टर्लिङले २ तथा सिमी सिंहले १ रन जोडे ।

नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले सर्वाधिक ४ विकेट लिए । यस्तै अविनाश बोहराले दुई तथा सन्दीप लामिछाने, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले एक–एक विकेट लिए ।

अब नेपालले शुक्रबारदेखि ओमानमै हुने टी-२० विश्वकप छनोट खेल्नेछ। विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टिम ओमानसँग खेल्नेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...