Admission Open

ad place

हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह नियुक्त

काठमाडौं : नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल ईन्स्योरेन्स कम्पनिले विजय बहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । उनले २०७८ फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

कार्यभार सम्हाल्दै शाहले भने, “हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु । वास्तवमा भन्नुपर्दा हिमालयन जनरल ईन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ । यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै ईतिहास बनाएको छ । आफ्नो स्पष्ट उद्धेश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको छु ।

हिमालयन जनरल ईन्स्योरेन्समा आवद्ध हुनुभन्दा अघि शाह नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए । उनले उक्त कम्पनीमा ४ वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकरात्मक छवि दिएका थिए ।

हिमालयन जनरल ईन्स्योरेन्सका संचालक समितीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले भने, “बीमा क्षेत्रमा उनको राम्रो अनुभव र बुझाई छ । उनको कार्यकालमा नेपाल सरकारको लक्ष्य अनुरुप निर्जीवन बीमाका ग्राहकहरुलाई बढी भन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाईमा पु¥याउन उनको उल्लेखनीय योगदान रहनेछ । वहाँँबाट निर्जीवन बीमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बीमा क्षेत्रकै स्तरोन्नती हुनेमा संचालक समिती विश्वस्त रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...