Admission Open

ad place

टि-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल युएइ सँग पराजित

काठमाडौँ, माघ २९ : चार देश सम्मिलित टि-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल युएइ सँग पराजित भएको छ ।

फेब्रुअरी १७ तारिखदेखि सुरु हुने टि-२० विश्वकपको तयारी स्वरूप खेल्न लागिएको यो सिरिजमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ ।

अल अमरेत रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको युएइले २० ओभरमा ३ विकेटको क्षतिमा १९२ रन जोडेको थियो।

१९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धाृरित ओभरमा ५ विकेटको क्षतिमा मात्र १६७ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाएका थिए । ऐरीले ३३ बलमा ५ चौका हिर्काएका थिए।

त्यस्तै ज्ञानेन्द्र मल्लले २२, आसिफ शेखले ३४, आरिफ शेख ११, त्यसैगरी टी-२० डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रन जोडेका थिए । शरद भेषवाकरले अविजित १० रनको योगदान दिएका थिए ।

बलिङमा युएईका रोहान मुस्ताफा र करिफ दाउदले २-२ विकेट लिए भने जुनइद सिद्धिकीले १ विकेट हात पारे।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ३ विकेटको क्षतिमा १९२ रन जोड्यो।

युएईका लागि चिराग सुरीले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ८४ रन जोडे। ५३ बल खेलेका सुरीले ५ चौका र ५ छक्का हिर्काए।

रोहान मुस्ताफाले ३५ बलमा ४९ रन जोडे।

बलिङमा नेपालका साहब अलाम, सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिए। ८ बलर प्रयोग गरेको नेपालका लागि कप्तान सन्दीप र कमलसिंह ऐरीले मात्र ४-४ ‌ओभर बलिङ गरे।

यसअघि नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो।

सिरिजमा नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...