Admission Open

ad place

ए डिभिजन लिग: जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबले अंक बाडे

काठमाडौँ,माघ । सहिद स्मारक ए डिभिजन लिगको १०औं चरणको खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । दुबै टिमले १-१ गोलको बराबरी खेलेका हुन।

जावलाखेललाई अन्गुना जुनियरले गोल गर्दै पहिले अग्रता दिएका थिए। उनले खेलको ५४ मिनेटमा गोल गरेका  थिए। तर, आर्मीका लागि सुमन अर्यालले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा हेडमार्फत गोल गर्दै खेल बराबरीमा सकाएका थिए ।

बराबरीपछि जावलाखेलको १० खेलबाट ९ अंक भएको छ। जावलाखेल अंक तालिकामा एघारौं स्थानमा छ। आर्मी भने २० अंक जोडेर दोस्रो स्थानमा छ। शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबको २३ अंक छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...