Admission Open

ad place

ए डिभिजन लिगः फ्रेण्ड्स क्लबको सिजनमा पहिलो जित

९ खेलमा जितविहीन फ्रेण्ड्स १०औं खेलमा जित निकाल्न सफल भएको हो

काठमाडौँ,माघ । ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै फ्रेण्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबमाथि ५-२ को जित निकाल्दै फ्रेण्ड्स क्लबले सिजनकै पहिलो जित हात पारेको छ ।

फ्रेण्ड्सको लागी सुशीलले (१४ मिनेटमा र ७८ मिनेटमा ) दुई , श्यामबाबु कक्षपतिले ( २७ मिनेटमा ) र जमोउल एन्थोनीले दुई गोल गरेका थिए ।

ब्रिगेडका लागी २५ मिनेटमा ड्यारी वाम्बा र ८६ मिनेटमा अनिल गुरुङले पेनाल्टीमा दोस्रो गोल गरेका थिए।

९ खेलमा जितविहीन फ्रेण्ड्स १०औं खेलमा जित निकाल्न सफल भएको हो। जितसँगै फ्रेण्ड्स अंक तालिकाको १२ औं स्थानमा उक्लिएको छ । फ्रेण्ड्सको १० खेलबाट ६ अंक जोडेको छ।

६ अंक नै जोडेको ब्रिगेड १३औं स्थानमा झर्दा ५ अंक जोडेको च्यासल पुछारमा पुगेको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...