Admission Open

ad place

लिलीको गोल पोष्टमा पिएसजीको गोलको बर्षा

पेरिस सेन्ट जर्मेनले डिफेन्डिङ च्याम्पियन लिलीलाई ५-१ ले हराएको छ । 

काठमाडौँ,माघ । फ्रेन्च लिग वानको खेलमा पेरिस सेन्ट जर्मेनले डिफेन्डिङ च्याम्पियन लिलीलाई ५-१ ले हराएको छ ।

१० औं मिनेटमा पीएसजीले अग्रता लिएको थियो । उसको लागी  ड्यानिलो परेराले सुरुवाती गोल गरे गरेका थिए । तर हेटेम बेन अर्फाको क्रसमा लिलेले स्वेन बोटम्यानको हाफ भलीमार्फत खेलको २८ औं मिनेटमा खेललाई बराबरीमा ल्याएको थियो।

खेलको  ३२ औं मिनेटमा केलियन एम्बाप्पेले मेसीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यसपछि खेलको ३८ औं मेसीले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा ३-१ को स्थितिमा पुर्‍याए। लियोनल मेसीको फ्रेन्च लिग वानमा यो आफ्नो दोस्रो गोल हो ।

खेलको ५१ औं मिनेटमा ड्यानिलोले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४- १ मा पुर्‍याए।  ६७ औं मिनेटमा केलियन एम्बाप्पेले टोलीका लागि पाँचौं गोल गरेसँगै खेल ५-१ मा सकिएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...