Admission Open

ad place

ला लिगाः बार्सिलोना र रिएल मेड्रिडको जित

काठमाडौँ, माघ। स्पानिस ला लिगाको आइतबार राति भएको बार्सिलोना र एट्लेटिको मड्रिडको खेलमा एट्लेटिको मड्रिड ४-२ गोलले स्तब्ध भएको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको उक्त खेलमा सुरुवाती अग्रता एट्लेटिकोले लिएको थियो । एट्लेटिकोको लागी खेलको आठौं मिनेटमा यानिक कारास्कोले गोल गर्दै अग्रता दिलाएका थिए । तर, दशौँ मिनेटमा जोर्डी अल्बाले डानी अल्भ्जको पासमा उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

२१औं मिनेटमा पाब्लो गाभीले गोल गरेपछि बार्सिलोना २-१ को अग्रता बनायो ।  ४३औं मिनेटमा रोनाल्डो अरुजोले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३-१ को अग्रता बनायो ।

खेलको ४९औं मिनेटमा डानी अल्भ्सले गोल गर्दै बार्सिलोनालाई ४-१ को अग्रता दिलाए ।

५८ औं मिनेटमा लुइस सुआरेजले एट्लेटिकोका लागि दोस्रो गोल गरे ।

खेलको ६९औं मिनेटमा अल्भ्सले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

जितपछि बार्सिलोना २२ खेलमा ३८ अंक जोड्दै एट्लेटिकोलाई पछि पार्दै चौथो स्थानमा उक्लेको छ ।

एट्लेटिको ३६ अंकसहित पाँचौं स्थानमा छ ।

हिजो राति नै भएको अर्को खेलमा विल्लार्रेअल र रेअल बेटिसको खेलमा विल्लार्रेअलले २ – 0 को जित हात पारेको छ । उसको लागी पाऊ टोर्रेस र एतिएन्ने कपौएले एक- एक गोल गरेका थिए ।

रेअल बेटिस ४० अंकका साथ तेस्रो स्थानमा छ भने विल्लार्रेअल ३५ अंकसहित अंकतालिकाको छैटौं स्थानमा छ ।

उता रिएल मेड्रिडले आज राति भएको खेलमा  ग्रान्डालाई १ – 0 ले हराएको छ । रेअलको जितमा मार्को असेंसियोले खेलको ७४ औं मिनेटमा गोल गरेका थिए ।

रिएल मेड्रिड ५३ अंकसहित अंकतालिकाको सिर्स स्थानमा छ भने ग्रान्डा २४ अंकका साथ १६ औं स्थानमा छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...