Admission Open

ad place

यती एअरलायन्सका अध्यक्ष शेर्पाद्वारा माउण्ट एकोन्क्याजुवाको सफल आरोहण

काठमाडौं : यती एअरलायन्सका अध्यक्ष लाक्पा सोनम शेर्पाले ६९६२ मिटर उचाईंको माउण्ट एकोन्क्याजुवाको आरोहण गरेका छन् । जनवरी २४, २०२२ मा उनले उक्त हिमालको सफल आरोहण गरेका हुन् । यो हिमाल साउथ अमेरिकाको सबैभन्दा अग्लो शिखर हो ।

शेर्पाले  नर्थ अमेरिकाको डेनेलिया (६१९० मिटर), अफ्रिकाको किलिमञ्जरो (५८९५ मिटर, माउण्ट इलब्रस (५६४२ मिटर), ओसेनियाको पनकक जाया/माउण्ट क्र्यासटेज( ४८८४ मिटर), अन्टार्टिकाको माउन्ट भिन्सन (४८९२ मिटर)को आरोहण गरिसकेका छन् । उनले सगरमाथा आरोहणको तयारी पनि गरिरहेका छन् ।

टिप्पणिहरु
Loading...