Admission Open

ad place

मेसी बिनाको खेलमा अर्जेन्टिनाले चिलीलाई हरायो

काठमाडौँ, माघ १४

कतारमा हुने फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले चिलीलाई हराएको छ। लियोनेल मेस्सीविनाको अर्जेन्टिनाले बिहीबार चिलीलाई २-१ ले पराजित गरेको हो ।

अर्जेन्टिनाका लागि एन्जल डि मारियाले खेलको १०औं र लाउटारो मार्टिनेजले ३४औंमिनेटमा गोल गरे । चिलीका लागि बेन बेरेटेनले २१औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै दोस्रो स्थानमा रहेको अर्जेन्टिनाकाको १४ खेलबाट ३२ अंक पुगेको छ । अर्जेन्टिनाले कतार विश्वकपमा आफ्नो नाम पक्का गरिसकेको छ । यता हारसँगै चिलीको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ । चिली १६ अंकका साथ  सातौं स्थानमा छ ।

छनोटकै अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १-० ले पराजित गरेको छ । उरुग्वेका लागि लुइस सुआरेजले खेलको ५०औं मिनेटमा गोल गरेका थिए ।

जितपछि उरुग्वे १५ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । पाराग्वे १५ खेलबाट १३ अंकसहित नवौं स्थानमा छ ।

अंक तालिकामा शीर्ष स्थामा ब्राजिल (३६ ) , दोस्रो स्थानमा अर्जेन्टिना ( ३२ ) छन् । दुवै टिम विश्वकपमा छनोट भइसकेका छन्। तेस्रो स्थानको इक्वेइडरको २४ र चौथो स्थानको उरुग्वेको १९ अंक छ।

कोलम्बिया १७ अंङ्क जोडेर पाँचौ, पेरु १७ अंक जोडेर छैटौं र चिली १६ अंक जोडेर सातौं स्थानमा छन्।

दक्षिण अमेरिकाबाट चार टिम सिधा विश्वकपमा छनोट हुँदा पाँचौ हुने टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...