Admission Open

ad place

सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

काठमाडौँ, माघ १४

कतारमा आयोजना हुने फिफा विश्वकप-२०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग बराबरी खेलेको छ ।

ब्राजिलले घरेलु टोलि इक्वेडरसँग १ – १ गोलको बराबरी खेलेको हो ।

शुक्रबार बिहान इक्वेडरसँग भएको खेलमा सुरूआती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिन बाध्य भयो।

ब्राजिलको लागी कप्तान क्यासिमिरो सुरुवाती गोल गरेका थिए । उनले खेलको छैटौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

१५ औं मिनेटमा इक्वेडर १० खेलाडीमा समेटिन पुग्यो । इक्वेडरका गोलरक्षक एलेक्सजेन्डर डोमिन्गुएजले सिधै रातो कार्ड खादै बाहिरिएका थिए । उनले म्याथिअस कुन्हामाथि अनावाश्य च्यालेन्ज गरेका थिए ।

२० औं मिनेटमा ब्राजिल पनि १० खेलाडीमा सिमित भएको थियो । ब्राजिलका इमेर्सन रोयलले दोहोरो पहेँले कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।

दुबै टोली १० खेलाडीमा समिटिएको उक्त खेलमा ब्राजिलले पहिलो हाफमा आफ्नो अग्रता कायमै राखेको थियो । तर, खेलको ७५ औं मिनेटमा फेलिक्स टोरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए।  त्यसपछि खेलमा दुबै तर्फबाट गोल हुन नसक्दा १-१ को बराबरीमा सकियो।

बराबरी खेले पनि कतारमा यसै वर्ष आयोजना हुने विश्वकप फुटबलमा ब्राजिल छनोट भइसकेको छ ।

ब्राजिल १४ खेलबाट ३६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायमै छ। इक्वेड २४ अंकका साथ अंक तालिकाको तेस्रो  स्थानमा छ। यो समूहबाट शीर्ष ४ टोली विश्वकपमा सोझै छनोट हुनेछन्। यसअघिनै ब्राजिल र अर्जेन्टिना कतार विश्वकपमा पुगिसकेका छन्।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...