Admission Open

ad place

परदेशीको पीडा बोल्ने ‘तिम्रो याद आयो’ सार्वजनिक  

[ भिडियो ]

काठमाडौं : परदेशीको पीडा र मनोभावनालाई  प्रस्तुत गरिएको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद आयो’ सार्वजनिक भएको छ।

यस गीतमा  अमेरिकामा रहेका गीतकार गोपाल लोहारको  शब्द रहेको छ  भने सविन सुवेदीको स्वर रहेको छ । दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

परिवारका सदस्य टाढा हुँदाको पीडा र विदेशमा भोग्नु परेको मर्माहतलाई विजय बराल, प्रमिला खनाल र माया पौडेलको लगायतका कलाकारहरुले जिवन्त बनाएका छन् । श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।

काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन्।  गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको  हो ।  निर्माण टिमले भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिन सबैलाई  आग्रह गरेको छ।

भिडियो लिंक:

https://www.youtube.com/watch?v=0YJVFktDFPM&authuser=2
टिप्पणिहरु
Loading...