Admission Open

ad place

आहा रारा गोल्डकप: मछिन्द्रलाई हराउँदै एपिएफ १४ वर्षपछि फाइनलमा

अब उपाधिका लागि एपिएफले  दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

काठमाडौँ, माघ १२

फोटो सेतो पाटि

२० औं आहारारा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा एपिएफले मच्छिन्द्रलाई पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको छ ।

बुधबार पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा एपिएफले मछिन्द्रलाई ३-१ ले पराजित हो । जितसँगै एपीएफ क्लब १४ वर्षपछि आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

एपिएफका लागि सन्तोष श्रेष्ठ, प्रदीप लामा र नवीन लामाले गोल गरेका थिए।

खेलमा एपीएफले २५ औं मिनेटमा अग्रता लिएको थियो । उनका लागी सन्तोष श्रेष्ठले  अग्रता गोल गरेका थिए । एपीएफको अग्रतालाई मच्छिन्द्रले धेरै टिक्न दिएन । खेलको ३९ औं मिनेटमा मच्छिन्द्रका ओमोलाजा न्युरियन करिमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ बराबरी १- १ गोलमा सकिए पनि दोस्रो हाफको ६७ औं मिनेटमा एपिएफले पुनः अग्रता लियो । उनका लागी प्रदीप लामाले दोस्रो गोल गरेका थिए ।

र नवीन लामाले दोस्रो हाफको इन्जुरी टाइमको आठौं मिनेटमा गोल गर्दै खेललाई फाइनल यात्रा पक्का गरे।

अब उपाधिका लागि एपिएफले  दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

दोस्रो सेमिफाइनल खेल बिहीबार मनाङमस्र्याङ्दी र त्रिभुवन आर्मी क्बलबीच हुनेछ ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...