काठमाडौँ : केही वर्षदेखि नेपालमा रियालिटी शोहरुको संख्या बढ्दै गएको छ। गायन रियालिटी शो,डान्सिङ्ग रियालिटी शो, कमेडी रियालिटी शो जस्ता रियालिटी शोहरु चलिरहेका छन्। यस्तै लहरमा अर्को एउटा फरक रियालिटी शो सुरु हुने भएको छ। ‘सिङ्गर’ सोल फुल भ्वाइस नामक रियालिटी शोले अहिले चलिरहेको ट्रेन्ड भन्दा केही फरक गर्ने आयोजकको दावी छ। फ्रेन्चआइज रियालिटी शो हरुको दबदबा चलिरहेको बेला आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रीज प्रालिका संचालक श्याम धितालले जानकारी दिए। भाषाको दायरा तोडेर एक परिचित गायक गायिकालाई नेपालमा चली आएका प्रमुख छ भाषा सहितको गायन प्रतियोगिता हो ‘सिङ्गर’। विजेताले नगद पुरस्कार २५ लाखसहित कार र गीति एल्बमसम्म पाउनेछन् ।
नेपाली गीत संगितमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरुले शोमा भाग लिन सक्नेछन।
‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसंगै प्रशारण सुरु गरिने रियालिटी शो ‘सिङ्गर’ सोल फुल भ्वाइस एउटा फरक शो हुने धितालले जानकारी दिए । ‘नेपाल नेटवर्क टेलिभिजन’ आगामी नयाँवर्षको अवसर पारेर बैशाकबाट प्रशारण सुरु गरिने बताईएको छ । फ्रेन्चआइज रियालिटी शो हरुले बजारमा स्थान बनाईरहेको बेलामा नेपाल नेटवर्क टेलिभिजनले आफ्नै मौलिक शोहरु ल्याउने योजना बनाएको छ ।