काठमाडौं : बहु प्रतिभाका धनी धिरेन लामाको स्वरमा नयाँ गीत तिमीसँग माया सार्वजनिक भएको छ । उनको आफ्नै शब्द, संगीत तथा स्वरमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतकार, संगीतकार तथा गायक समेत रहेका लामाले आफूले सबै उमेर समूहका दर्शक तथा श्रोताको भावना बुझेर यो गीत बनाएको बताए । दर्शक श्रोतालाई यस गीतलाई साथ दिनेमा आफू ढुक्क रहेको भनाई समेत उनको रहेको छ ।