पोखरा : पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवामा एकजना पुरुषको शब फेला परेको छ । २८ वर्षीय दिपक भगतको झाडीमा शब फेला परेको हो । गत मंगलबार राती ८ बजे साथीले बोलाएको भन्दै घरबाट बाहिरिएका थिए । मंगबारबाट उनको फोन अफ भयो । बुधबार जिल्ला प्रहरी कार्यायमा खोजिका लागि परिवारले निबेदन दियो । शनिबार घर नजिकैको झाडीमा उनको शब फेला पर्यो । घटनास्थल हेर्दा लागूऔषध प्रयोग कर्ताहरुको जमघट जस्तो देखिन्छ । जताततै सिरिन्जहरु मात्र देखिएको र झाडी पनि भएकाले घटनाको वस्तबवकता प्रहरीले खोज्दै छ ।
हेर्नुहोस् स्थलगत रिपोर्ट :