Admission Open

ad place

अमेरिकाको पेन्सलभेनियाका बिरेनको ‘तिम्रो याद’ सार्वजनिक

काठमाडौं – अमेरिकाको पेन्सलभेनिया निवासी गायक बिरेन रसाइलीको सुमधुर स्वरमा रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा संगीत गायक तथा संगीतकार सिडी विजय अधिकारीको संगीत  रहेको छ भने दिलिप घिमिरेको शब्द  रहेको छ।  कवाली शैलीको यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी र अमिषा सुवेदी फिचर्ड छन्।  उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।  प्रकाश धितालको निर्देशनमा बनेको भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो लिंक:

https://www.youtube.com/watch?v=TAU8nj65epA&authuser=2
टिप्पणिहरु
Loading...