Admission Open

ad place

मेडिप्लस अस्पताल र बैंक अफ काठमाण्डुबीच सहकार्य

पोखरा : बैंक अफ काठमाण्डु लिमिटेड र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टर पोखराबीच सहकार्य भएको छ । सहकार्यसँगै बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पत्रमा अस्पतालका अध्यक्ष रमेशकुमार थापा र बैंकका गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।

ग्राहकले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक अफ काठमाण्डु लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

टिप्पणिहरु
Loading...