काठमाडौं : त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले कोरोनाको नयाँ भेरिएण्ट ओमिक्रोन अनियन्त्रित रुपमा फैलिएसँगै यही माघ ९ गतेदेखि हुने सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७८ माघ ६ गते जारी गरेको सूचनामा जनाइएको छ ।
उपत्यका बाहिरका परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्रध्यापक तथा कर्मचारीहरु समेत कोरोना संक्रमित भएको कारण त्री.वीले सबै परीक्षा स्थगित गरिएको जनाएको छ ।