Admission Open

ad place

मछिन्द्रको लय कायमै, ब्रिगेड ब्वाइजको गोल पोस्टमा ४ गोल

विमल घर्ती मगरले खेलमा दुई गोल र एक एक असिस्ट गरेका थिए ।

काठमाडौँ, माघ २

सहिद स्मारक ए  डिभिजन लिग अन्तर्गत आइतबार भएको नौं चरणको खेलमा मछिन्द्र फूटबल क्लब ले ब्रिगेड ब्वाइजलाई ४-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा ब्रिगेडले पहिलो हाफमा मछिन्द्रलाई गोलरहित बराबरीमा रोकेको थियो । तर खेलको दोस्रो हाफमा विमल घर्ति मगरले ५६औं र ६२औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा रेजिन सुब्बाले तेस्रो गोल गर्दै मचिन्द्रको अग्रता तेब्बर गरेका थिए । उनले विमल घर्ति मगरको क्रसमा गोल गरेका थिए । विमल घर्ती मगरले खेलमा दुई गोल र एक एक असिस्ट गरेसँगै मछिन्द्रको लय कायमै राखेको हो ।

इन्जुरी टाइममा अभिषेकरले पनि गोल गरेपछि मछिन्द्रले ब्रिगेड ब्वाइजको गोल पोस्टमा ४ गोल गरेको थियो ।

जारी लिगमा विमलको गोलसंख्या ३ पुगेको छ । त्यस्तै, अभिषेक रिजाल र रेजिन सुब्बाले समेत लिगमा गोलको खाता खोलेका छन् ।

जितसँगै मछिन्द्रको ९ खेलबाट २३ अंक भएको छ । अंकतालिकामा हेर्ने हो भने समान खेल खेलेको मनाङ भन्दा मछिन्द्र ४ अंकले अगाडी छ । उसको समान खेलबाट १९ अंक छ ।

उता पाँचौ हार बेहोरेको ब्रिगेड भने ६ अंकका साथ १२औं स्थानमा छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...