Admission Open

ad place

ए डिभिजन लिग: त्रिभुवन आर्मी र थ्री स्टारको जित

जितसंगै दुवै टिम अंकतालिकाको एक-एक स्थान माथि उक्लेका छन् ।

काठमाडौँ, माघ १

शहीद स्मारक ए डिभिजको नौं चरणको सनिबार भएको खेलमा त्रिभुवन आर्मी र थ्री स्टार क्लबले जित हात पारेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई ३-१ ले पराजित गरेको हो।

आर्मीको लागी जगजित श्रेष्ठले १० औं मिनेटमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीको लागी अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा २ गोल खाएको फ्रेण्ड्सका लागि दोस्रो हाफको शुरुमै जमाउल एन्थोनीलेगोल गर्दै गोल अन्तर कम पारेका थिए । तर, ७१औं मिनेटमा आर्मीका सुमन अर्यालले गोल गर्दै खेल ३ -१  मा सकाएका थिए ।

यो जितपछि आर्मी संकटा क्लबलाई उछिन्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । उसले  ९ खेलबाट १७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीको १९ अंक रहेको छ ।

उता नवौं चरणसम्म पनि जितविहीन रहेको फ्रेण्ड्सको जम्मा ३ अंक छ । फ्रेण्ड्स ३ अंकसहित अंकतालिकाको पूछारमा रहेर रेलिगेसनको संघर्ष गरिरहेको छ ।

थ्री स्टारको संघर्सपूर्ण जित 

आजै भएको दोस्रो खेलमा थ्री स्टारले संकटा क्लबलाई १-० ले पराजित गरेको छ।

खेलमा निर्धारित ९० मिनेट सम्म  दुवै टिमबाट गोल हुन सकेको थिएन तर इन्जुरी समयको अन्तिम समयमा थ्री स्टारका विजयी भुजेलले गोल गरेपछि थ्री स्टारले संकटा क्लबलाई १-० ले पराजित गरेको हो ।

यो जित सँगै ९ खेलबाट १६ अंक जोड्दै थ्री स्टार अंकतालिकाको  चौथो स्थानमा उक्लेको छ । थ्रीस्टाले संकटालाई नै पछि पार्दै आफूलाई चौथो स्थानमा उकालेको हो । समान ९ खेल खेलेको संकटाको १४ अंक छ । १४ अंकसहित संकटा अंकतालिकाको पाँचौ स्थानमा झरेको छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...