
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१३ फाल्गुन २०८१, मंगलवार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडौं : जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक जनालाई पक्रेको छ । प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका(३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका(७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो ।
मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।