काठमाडौँ, २९ पुस
एलेक्सिस सान्चेजले अतिरिक्त समयको अन्तिम समयमा गोल गर्दै इन्टर मिलानले सुपरकोपा इटालियानाको उपाधि जितेको छ । घरेली टोलि इन्टरले अतिरिक्त समयमा युभेन्ट्सलाई २ -१ ले हराउँदै च्याम्पियनबन्न सफल भएको हो ।
खेलमा सुरुवाती अग्रता युभेन्ट्सले लिएको थियो । उसका लागी २५ औँ मिनेटमा वेस्टन म्याकेनीले अग्रता दिलाएका थिए । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए । तर ३५औं मिनेटमा इन्टरका लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेक थिए ।
निर्धारित समयमा दुवै तर्फबाट गोल नहुँदा खेल अतिरिक्त समयतिर धकेलिएको थियो । तर, अतिरिक्त समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट खेलाडी एलेक्सिस सान्चेजेलले गोल गर्दै मिलानलाई च्याम्पियन बनाएका थिए ।
यो जित सँगै इन्टरले छैटौं पटक सुपर कपको उपाधि जितेको छ।