काठमाडौँ, २९ पुस
अतिरिक्त समयमा फेडेरिको भाल्भर्डेले गोल गरेपछि रियल म्याड्रिडले बार्सिलोनालाई ३–२ ले हराउँदै सुपरकोपा डे स्पानाको फाइनलमा प्रवेश गरेको छ ।
साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा बुधबार राति भएको एल क्यासिकोमा रियल ले २५ औं मिनेटमा अग्रता लिएको थियो । उनका लागी भिनिसियस जुनियरले सुरुवाती गोल गरेका थिए। उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।
तर, खेलको ४१ औं मिनेटमा बार्सिलोनाका लुक डि जोङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
७२औं मिनेटमा करिम बेन्जेनमाले गोल गर्दै रियल लाई २ – १ को अग्रता दिलाएका थिए । तर, ८३औं मिनेटमा जोर्डी अल्वाको पासमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई पुनः खेलमा फर्काए।
निर्धारित समयमको खेल २-२ भएपछि खेल अतिरिक्त समयम तिर धकेलिएको थियो । जसमा अतिरिक्त समयको आठौं मिनेटमा भाल्भर्डेले गोल गरेसंगे रियलले खेल ३- २ मा सकाएको थियो ।
रियलले सिजनको पहिलो एल क्यासिकोमा पनि बार्सिलोनालाई उसैको मैदानमा २- १ ले हराएको थियो ।
अब रियलले उपाधिको लागी एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्नेछ।