स्याङ्ग्जा जिल्लाको मालुङ्गा र पाल्पा जिल्लाको हुँगीमा रहेको पबित्र तिर्थस्थल कालीगण्डकी उत्तर बाहिनी क्षेत्रमा छायांकन गरिएको उक्त लोक भजनको भिडियोको निर्देशन प्रतिमा अर्याल को रहेको छ भने छायांकन लक्की गाएज ले गरेका छन् । नबिन घर्ति मगरले सम्पादन गरेको उक्त भजनको भिडियोको निर्माण र बजार व्यवस्थापन सलीना म्युजिक प्रा लि गरेको छ। अत्यन्तै कर्णप्रिय लयमा रहेको यस लोक भजनले दर्शक स्रोताको मन जित्ने बिश्वास गरिएको छ।
गायक अर्यालले आफ्नै युट्युब च्यानल “अशोका इन्टरटेनमेन्ट” मार्फत लोक भजन “नारायण नारायण ” सार्बजनिक गरेका हुन्।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस :