काठमाडौँ, १८ पुस
सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत सातौं चरणको आज भएको खेलमा मछिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।
यो जितपछि मछिन्द्र एएफसी कप क्वालिफायरका लागि छनाेट भएकाे छ । सातौं चरणसम्ममा शीर्ष स्थानमा रहने टिमलाई एएफसी कपमा पठाउने एन्फाको नियमअनुसार मछिन्द्र एएफसी कपमा छनोट भएको हो।
यो जितपछि मछिन्द्रको ७ खेलबाट १७ अंक भएको छ । यसअघि पहिलो स्थानमा रहेको मनाङ मर्स्याङ्दी १६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।
मछिन्द्रको जितको लागी सुनिल बलले पहिलो हाफको २१ मिनेटमा गोल गरेका थिए । उनले विशाल राईले डिबक्स बाहिरबाट हानेको फ्रिककमा हेडमार्फत गोल गरेका थिए।
यो हारपछि पुलिस ७ खेलबाट ६ अंकमै सीमित रह्यो ।
सुनिल बलको जारी लिगमा यो व्यक्तिगत पाँचौं गोल हो ।
गत सिजन लिग जितेर पनि एएफसी कप छनाेट खेल्न नपाएकाे मछिन्द्र यसै वर्ष हुने एएफसी कप क्वालिफायरका लागि छनाेट भएकाे हो । एएफसी कप खेल्नको लागी क्लब लाइसेन्स आवश्यकता हुन्छ जुन मछिन्द्रले यसै वर्ष मात्र प्राप्त गरेको थियो ।