Admission Open

ad place

ए डिभिजन लिग : फ्रेण्ड्सलाई हराउँदै एनआरटी पाँचौ स्थानमा

काठमाडौँ, १६ पुस

सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबारबाट सुरु भएको सातौं चरणको दोस्रो खेलमा न्युरोड टिम एनआरटी ले फ्रेण्ड्सलाई ३-२ ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले सुरुवाती अग्रता लिएको थियो । एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलोमोउले दुई तथा स्टेफेन समिरले एक गोल गरे।

नविन गुरुङको पासमा खेलको पाँचौ मिनेटमा स्टेफेन समिरले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

२०औं मिनेट मेसुके ओलोमोउले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारेका थिए ।

दुवै टिमले पहिलो हाफमा सुन्दर अवसर सिर्जना गरेका थिए तर दुवै टिमको लागी गोल पोष्ट बाधक बन्यो ।

पहिलो हाफमा दुई गोलले पछि परेको फ्रेण्ड्सको लागी ८० औं मिनेटमा  जमाउल एन्टोनी फ्रानकोईसले गोल गर्दै गोल अन्तर घटाएका थिए । उनले सकल रेग्मीको क्रसमा हेड मार्फत गोल गरेका थिए । तर, ईन्जुरी टाईममा मेसुकेले काउन्टर अट्याकमा गोल गर्दै एनआरटीलाई ३-१ को अग्रता दिलाए ।

खेलको अन्तिम समयमा फ्रेण्ड्सका लागि नाथनियल जुड गार्सियाले गोल फर्काएपनि हार टार्न सकेन र रेफ्रीको अन्तिम सिट्टी सँगै खेल ३ – २ मा सकिएको थियो ।

यो जित सँगै एनआरटीले ७ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ भने समान खेल खेलेको फ्रेण्ड्स जितविहिन जम्मा ३ अंकको साथ  अंकतालिकाको पुछारमा छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...