काठमाडौँ, १६ पुस
सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबारबाट सुरु भएको सातौं चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टिमले १ – १ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ६३ मिनेटमा आर्मीले अग्रता लिएको थियो ।
आर्मीको लागी जर्सप्रिन्स कार्कीले गोल गरेका थिए ।
गोलको खुसी केहि क्षण रहन नपाउँदै चार मिनेटपछि एपिएफले बराबरी गोल फर्कायो। खेलको ६६औं मिनेटमा एपिएफका विक्की तामाङले गोल गर्दै खेल बराबरी बनाए । त्यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा खेल बराबरीमा रोकिएको हो ।
चौथो स्थानको आर्मीको ७ खेलबाट ११ अंकको साथ अंक तालिकामा तेस्रो स्थानमा यथावत छ । यता एपीएफ ७ खेलबाट ६ अंकसहित ११औं स्थानमा छ ।