Admission Open

ad place

अन्डर-१९ एसिया कप : नेपाल समूह चरणबाटै बाहिरियो

श्रीलंकासंग ६० रनले पराजित भएकाे नेपाल पहिलो चरणबाट बाहिर भएको छ।

काठमाडौँ, ११ पुस

युएईमा जारि अन्डर-१९ एसिया कप प्रतियोगिता नेपाल श्रीलंकासंग ६० रनले पराजित भएकाे छ ।

नेपालको यो दोस्रो खेलमा दोस्रो नै हार हो । यस भन्दा अगाडि नेपाल बंगलादेशसँग १५४ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

हार सँगै समुह ‘बि’मा रहेको नेपाल जारि यु-१९ एसिया कपको पहिलो चरणबाट बाहिर भएको छ। बंगलादेश र श्रीलंकाले  भने समुह ‘बि’ बाट सेमीफाइनलको यात्रा तय गरेका छन् । त्यस्तै समुह ‘बि’ मै रहेको कुवेत पनि बाहिरीएको छ।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिंग गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट क्षेतीमा ३२२ रन बनाएको थियो। श्रीलंकाका सदिशा राजापाक्षे र चामिन्दु विक्रमासंगेले शतक प्रहार गरेका थिए ।

राजापक्षले ११९ बलमा ११ चौका र २ छक्का मद्दतले १३१ रन तथा विक्रमासिंगेले १२६ बलमा ८ चौका र २ छक्का मद्दतले १११ रन बनाए । दुनिथ नेथामिकाले ३४ तथा शेभोन ड्यानियलले १७ रन योगदान दिए।

श्रीलंकाले दिएको ३२३ रनको लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा २६२ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । नेपालकाे लागि अर्जुन साउदले सर्वाधिक ६४ रन,  विवेक यादवले ४६, वासिर अहमदले ४३, बसन्त कार्कीले ३४ र कप्तान देव खनालले २८ रन बनाएका थिए ।

श्रीलंकाको बलिंगमा रभीन डी सिल्भा र मथिसा पाथीरानाले समान तिन विकेट लिए भने नेपालको लागी मोहम्मद आदील आलमले २ तथा कप्तान देव खनाल र विवेक यादवले १-१ विकेट लिएका थिए ।

अब नेपालले अन्तिम खेल डिसेम्बर २८ मा कुवेतसंग  खेल्नेछ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...