काठमाडौँ, ४ पुस
सहिद स्मारक ए डिभिजन लिगको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ३-१ गोलले पराजित गर्दै सिजनमा पहिलो जित हात पारेको छ।
आइतबार भएको खेलमा शेर्पा क्लबले खेलको चौथो मिनेटमै अग्रता लिएको थियो। शेर्पाको लागि मुस्ताबाले चौथो मिनेटमा हेडमार्फत गोल गरेका थिए ।
पहिलो हाफ १ – 0 मा रहेको खेल दोस्रो हाफको ५३ मिनेटमा बराबरी भएको थियो । भुवन बस्नेतले उत्कृष्ट फिनिसिङ गर्दै गरेको गोलले ५३ मिनेटमा ब्रिगेडले बराबरी गोल फर्काएको थियो ।
शेर्पाका लागि ७४ मिनेटमा सुरेश कुमालले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । यस्तै दोस्रो हाफको इन्जुरी समयमा शेर्पाका लागि मनिष थापाले तेस्रो गोल गर्दै खेल ३ – 0 मा सकाएका थिए ।
यो हारसँगै ब्रिगेड ५ खेलबाट ५ अंक सँगै अंक तालिकामा नवौं स्थानमा छ।
त्यस्तै यो जितसँगै शेर्पाले ५ खेलबाट ५ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ।