काठमाडौँ, २५ मंसिर
सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको जारी खेलमा एनआरटीले सातदोबाटो युथ क्लललाई १-० ले पराजित गर्दै सिजनको पहिलो जित निकालेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा एनआरटीको जितमा स्टेफन समीरले निर्णायक गोल गरे ।
लगातार आक्रमण बनाएका स्टेफेनले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । दोस्रो हाफ सुरु भएको १२ सेकेण्डमै उनले मेसुके ओलोमोउको पासमा गोल गरे ।
अत्यन्तै रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा दुबै टिमले पाएका केही राम्रा अवसर सदुपयोग गर्न सकेनन् ।
पहिलो जितपछि एनआरटी ४ खेलबाट ५ अंक जोडेर सातौ स्थानमा उक्लेको छ ।
सातदोबाटो ४ खेलबाट ७ अंकसहित तेस्रो स्थानमा छ ।