Admission Open

ad place

ए डिभिजन लिग : फ्रेण्ड्सलाई हराउँदै मनाङ मर्स्याङ्दी अंकतालिकाको शीर्ष स्थानमा

मनाङका लागि विदेशी खेलाडी ओलावाले आफिज र दिनेश राजवंशीले एक-एक गोल गरे

काठमाडौँ, २४ मंसिर

सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गरेको छ ।

शुक्रबारको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेण्ड्स क्लबलाई २-० ले पराजित गरेको छ । यो जितसंगै मनाङ ए डिभिजन लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। 

मनाङका लागि विदेशी खेलाडी ओलावाले आफिज र दिनेश राजवंशीले एक-एक गोल गरे । ४० मिनेट सम्म बराबर रहेको खेलमा ४१ मिनेटमा कप्तान अन्जन विष्टको पासमा उत्कृष्ट फिनिसिङ गर्दै ओलावालेले पहिलो गोल गरे।

७३ मिनेटमा दिनेशले मनाङको लागी दोस्रो गोल गरे । पुजन उपरकोटीले हानेको फ्रिकिकमा दिनेशले हेडमार्फत गोल गरे।

खेलको २२ औं मिनेटमा मनाङका एडेलाजा सोमिडेले पेनाल्छी बक्स भित्रबाट प्रहार गरेको बल पोष्टभन्दा केही माथिबाट बाहिरिएको थियो। यस्तै ३९औं मिनेटमा ओलावाले आफिजले पेनाल्टी बक्स भित्रबाट हानेको बल फ्रेण्ड्का गोलकिपर राहुल रामचन्द्र यादवले बचाउँदा मनाङले अग्रता लिने अवसर गुमाएको थियो।

८७औं मिनेटमा फ्रेण्ड्सका नाथनियल जुडे गार्सियाले गोल गरेपनि अफसाईड भएको थियो।

यो जितपछि अपराजित मनाङ ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हारपछि फ्रेण्ड्सको ४ खेलबाट २ अंक जोड्दै १२औं स्थानमा छ।

दोस्रो स्थानमा झरेको सातदोबाटो युथ क्लबको ३ खेलबाट ७ अंक छ। तेस्रो स्थानको साविक विजेता मछिन्द्र फुटबल क्लबको पनि ३ खेलबाट ७ अंक छ।

 

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...