Admission Open

ad place

अग्रता जोगाउँन नसक्दा वेष्टहृयामद्वारा शीर्ष टिम चेल्सी पराजित

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको वेष्टहृयामका लागि ५६ औं मिनेटमा बोवेनले बराबरी गोल फर्काए भने ८७ औं मिनेटमा मेसेआकुले उत्कृष्ट गोल गर्दै

काठमाडौँ

इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टहृयामले लिग लिडर चेल्सीमाथि सनसनी पूर्ण जित हाँसिला गरेको छ ।

शनिबार भएको खेलमा दुई पटक पछाडि परेको वेष्टहृयामले उत्कृष्ट कमब्याक गर्दै चेल्सीलाई ३-२ गोल अन्तरले हराएको हो । वेस्ट ह्यामले खेलमा दुई गोलको अग्रता उल्टाएको थियो।

लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले २८औं मिनेटमा थिएगो सिल्भाको गोलबाट अग्रता लिएको थियो ।

४० औं मिनेटमा पाएको पेनाल्टीमा नान्जिनीको गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । तर चार मिनेटपछि नै माउन्टले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको वेष्टहृयामका लागि ५६ औं मिनेटमा बोवेनले बराबरी गोल फर्काए भने ८७ औं मिनेटमा मेसेआकुले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए ।

जितपछि वेष्टहृयाम १५ खेलबाट २७ अंकका साथ चौथो स्थानमा छ भने लिग लिडर चेल्सीको ३३ अंक छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...