Admission Open

ad place

गोकर्णेश्वर र कागेश्वरी मनोहराका किसानलाई भैँसीका पाडा-पाडी र बाख्रा वितरण

काठमाडौँ, ३० कात्तिक : राजधानीको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अति विपन्न परिवारलाई कृषि एवं पशुपालनमा आकर्षित गर्ने उद्देश्यले भैँसीका पाडारपाडी र बाख्रा वितरण गरिने भएको छ । पशु सेवा कार्यालय नयाँपाटीमा आयोजित किसान अन्तरक्रियामा वाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेश सांसद रामेश्वर फुयाँलले भैँसी पालन कम हुँदै गएको अवस्थामा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकालाई भैँसी पकेट क्षेत्रका रुपमा जोगाइ राख्नका लागि पाडारपाडी वितरण कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।वाग्मती प्रदेश सरकारले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा ‘ख’ का गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अति विपन्न किसान परिवारलाई पाडा÷पाडी र बाख्रा अनुदानमा उपलब्ध गराउन रु ५० लाख विनियोजन गरेको सांसद फुयाँलले जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधिले कृषि र पर्यटनमार्फत उत्पादन एवं रोजगारी वृद्धि गर्न अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पहिलो चरणमा गोकर्णेश्वर नगरपालिकाका वडा न। १, २, ३, ४, ६, ७ र ८ तथा कागेश्वरी मनोहरा नगरपालिकाका १, २ र ३ वडाका अति विपन्न किसान परिवारलाई ९० प्रतिशतसम्म अनुदानमा पाडा-पाडी र बाख्रा वितरण गरिने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरका वरिष्ठ पशु चिकित्सक डा। गौरीमान श्रेष्ठले जानकारी दिनुभयो । यसका लागि किसानले समूह गठन गरी वडा कार्यालयमा दर्ता गर्नुपर्छ । सम्बन्धित वडा कार्यालयले अति विपन्न कृषक भनी गरेको सिफारिसका आधारमा पाडारपाडी र बाख्रा वितरण गरिने उहाँले बताउनुभयो । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एशियन बफेलो एशोसियशन र इन्टरनेशनल बफेलो फेडेरेशनको आयोजनामा कात्तिक ८ देखि १२ गतेसम्म भर्चुअल रुपमा भएको एशियन भैँसी विज्ञको सम्मेलनमा १७ देशका भैँसी विज्ञले ७ विधामा १३५ बढी कार्यपत्र प्रस्तुत गरेका थिए ।दशौँ एशियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्रा डा भूमिनन्दन देवकोटाले नेपालमा दूग्ध उत्पादनमा भैँसीले करिब ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको जानकारी दिनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले नेपाल एशियामै भैँसी उत्पादनमा चौँथोँ स्थानमा रहेको जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...