Admission Open

ad place

अर्थमन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको भेट

काठमाडौं : नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदसिय प्रतिनिधिमण्डलले माननीय अर्थमन्त्री जनार्दन शर्मासंग आइतबार मन्त्रालयमा भेट गरेको नाडाले जनाएको छ ।

उक्त भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोवाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारी साधनहरुको आयातमा आर्थिक बर्ष २०७६÷०७७ को तुलनामा आर्थिक बर्ष २०७७÷७८ मा सतप्रतिशत बृद्धि भएको र चालु आर्थिक बर्षमा अझ बृद्धि हुने बताउदै सरकारले ल्याएका नीतिहरुको निरन्तरताका लागि समेत आग्रह गरे ।

सो भेटघाट तथा छलफलमा अध्यक्ष दुलालले मिति २०७८ मसिंर २२ गते काठमाण्डौमा सम्पन्न हुने नाडाको आउदो ४५ औं वार्षिक साधारण सभाको प्रमुख अतिथिका लागि अनुरोध समेत गरेको नाडाले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...