काठमाडौँ : UK Aid को सहयोगमा UNOPS र प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशानलय नक्सालद्वारा “ट्रेनिंग फर प्लम्बर टेक्निसियन” तालिम कार्यक्रम सञ्चालन गरिएको छ। विगत केहि हप्तादेखि प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालन हँुदै आइरहेको कार्यक्रममा राम्रा र गुणस्तरिय नेपाली ब्राण्डहरुलाई तालिम प्रदान गर्न गरिएको निमन्त्रणालाई स्वीकार गर्दै मङ्गलम पाइप्सले तालिम प्रदान गरेको हो। सो ट्रेनिंगमा मङ्गलम पाइप्सले आफ्नो उत्पादनहरुको विषयमा जानकारी तथा प्लम्बरहरुलाई प्लम्बिङ्ग गर्दा आउने समस्याहरु, सामान रोज्दा ध्यान दिनु पर्ने कुरा , प्रेसर टेस्टिंगको आवश्यकता र त्यसको उपयोग गर्ने सहि तरिका लगायत सफल प्लम्बर हुनको लागि चाहिने महत्वपुण कुराहरुको विषयमा जानकारी प्रदान गरेको थियो। कार्यक्रममा मङ्गलम पाइप्सको तर्फबाट मनोहर पौडेल ज्यू ले मङ्गलमको उत्पादन र प्लम्बिङ्ग सम्बन्धि जानकारी दिनुभएको थियो ।

कार्यक्रमका पर्यवेक्षक एवम् २३ वर्ष देखि प्लम्बिङ्ग क्षेत्रमा आबद्ध साथै २१ वर्ष देखि नेपाल प्रहरीमा कार्यरत रहनु भएका ज्ञान चन्द्र पाहा श्रेष्ठ ज्यूले भन्नु भयो, “CTEVT मा पहिले देखि तालिम पठाउँदा खर्चिलो हुने र खोजेकोे उपलब्धि नपाएको हुनाले पहिलो पटक हामीले यो तालिम यहाँ प्रहरी कार्यालयमा सञ्चालन गरेका हौँ । यस्तो उपलब्धि मुलक कार्यक्रम गर्नाले नयाँ पुराना सबै टेक्निसियनहरुलाई नयाँ प्रबिधि उत्पादनको जानकारी हुन्छ र थप ज्ञान हासिल हुन्छ। मङ्गलमपाइप्सको उत्पादन राम्रो भएको हुनाले म आफैले पनि प्रयोग गर्दै आइरहेको छु साथै यस कार्यक्रमको लागि म निकै उत्साहित पनि छु।”