Admission Open

ad place

चलचित्र ‘प्रेम गीत ३’ को नयाँ प्रदर्शन मिति तय

काठमाडौँ : २०७६ चैत २८ मा प्रदर्शन गर्ने भनिए को चलचित्र ‘प्रेम गीत ३’ को नयाँ प्रदर्शन मिति तय भएको छ। अब यो चलचित्र नेपालभरका हलमा आगामी फागुन १३ गते प्रदर्शन हुनेछ । ‘प्रेम गीत ३’ चलचित्र हिन्दी भाषामा समेत प्रदर्शन कुरा निर्माण पक्षले जनाएको छ । बलिउड टिमसँग हिन्दी भाषाको प्रदर्शनबारे छलफल भइरहेको र सुरुमा नेपालभरका हलमा प्रदर्शन गर्ने निर्णय निर्माण पक्षले गरेको थियो ।

सुसेन फिल्म प्रोडक्सनका निर्माता, निर्देशक तथा कार्यकारी प्रखु सन्तोष सेनले भने, ‘चलचित्रको प्राविधिक काम सम्पन्न गर्दा प्रदर्शन गर्न केही ढिला भएकोमा तपाईहरुमाँझ माफी माग्दै चलचित्रको प्रमोशनमा तपाईहरुको साथ, सहयोग र सद्भाव रहने आशा गरेका छौं । महामारीको चोटलाई बिर्सिएर हामी अब चलचित्रको माहोल सिर्जना गर्ने हेतुले समेत यो निर्णय गरेका छौं ।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...