Admission Open

ad place

गायक प्रमोद खरेलको ’बवार्द’ सार्वजनिक [भिडियो सहित]

काठमाण्डौं : लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको ’बवार्द’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक छ । प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा भएको घातबाट प्रेममा भएको घातबाट जीवनमा पर्ने चोटलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द र संगीत एवम अलिफ खानको एरेन्ज गीतमा रहेको छ  । फरक किसिमबाट प्रेमील जोडिको भावनालाई समेटिएको गीतकार सन्तोष कटुवालले बताए ।

पछिल्लो समयमा सर्वाधिक लोकप्रिय निर्देशक मानिएका जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन भिडियोमा छ । ’बवार्द’ गीतको भिडियोमा सन्तोष कटुवाल , अन्जु चौलागाईँ र एलोन क्षेत्रीको फिचरिङ रहेको छ ।

’बवार्द’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...