Admission Open

ad place

सरोज खनालको बेजोड अभिनय रहेको ‘दैवको लिला’

[ भिडियो सहित ]

काठमाडौँ : गीतकार दीपक पाठकको हृदयस्पर्शी गीत ‘दैवको लिला’ सार्वजनिक भएको छ । किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वर रहेको गीतमा रचनाकार पाठकले मानव जीवन आइपर्ने यथार्थ भोगाइलाई समेटेर शब्द कोर्नु भएको छ भने संगीतपक्ष पनि त्यतिकै शब्दलाइ न्याय दिने सशक्त रहेको छ । गीतमा रामभक्त जोजेजुको नै एरेन्जमेन्ट रहेको छ ।
‘दैवको लिला ‘ को भिडियोमा सर्वप्रिय नायक सरोज खनाल र सुरबीर पण्डितको जिवन्त अभिनय रहेको छ । टेकेन्द्र शाह कृयटिभ हेड रहेको भिडियोमा रामकुमार के सीको सिनेमाटोग्राफी र हेम प्रभास अधिकारीको निर्देशन रहेको छ । भिडियोलाइ डीबी इन्टरटेन्टको युट्युब च्यानलबाट बुधबार सार्वजनिक गरिएको हो ।

यसअघि पनि यसै च्यानल मार्फत गीतकार दीपक पाठकको शब्द र किरण देवकोटाको संगीतमा धेरै गीतहरु आइसकेका छ्न भने आगामी दिनमा पनि धेरै गीतहरु आउने तयारीमा गीतका कामहरु भइरहेको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...